गृहपृष्ठ एनआईसी एशिया बैंकको नयाँ शाखा सप्तरीको फत्तेपुरमा

एनआईसी एशिया बैंकको नयाँ शाखा सप्तरीको फत्तेपुरमा

एनआईसी एशिया बैंकले सप्तरीको फत्तेपुरमा नयाँ शाखा स्थापना गरेको छ । सप्तरीकै राजविराजपछि बैंकले सप्तकोशी नगरपालिका १, फत्तेपुरमा अर्को शाखा स्थापना गरेको हो ।

फत्तेपुर शाखाको नगरपालिका प्रमुख उत्तमकुमार शर्माले उद्घाटन गरे । शाखाको उद्घाटन कार्यक्रममा नगर प्रमुख शर्माले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउँदै गएको भन्दै बैंकको प्रशंसा गरे ।

एनआईसी एशिया बैंकका देशभर २७७ शाखा कार्यालय, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउन्टर र २३ वटा शाखारहित बैंकिङ इकाइ छन् । बैंकको वासलातको आकार २१५ अर्बभन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब १६८ अर्ब तथा कर्जा १४९ अर्ब छ । देशभर बैंकका १४ लाख ५० हजारभन्दा धेरै ग्राहक छन् ।

प्रकाशित समय १६:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु