गृहपृष्ठ विप्लव समूहलाई प्रतिबन्ध लगाउनु अलोकतान्त्रिक : केसी

विप्लव समूहलाई प्रतिबन्ध लगाउनु अलोकतान्त्रिक : केसी

arjunnarsing-newskarobar

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले विप्लव समूहलाई प्रतिबन्ध लगाउनु अलोकतान्त्रिक भएको बताएक छन् ।नेपाल प्रेस युनियन कास्कीले बिहीबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता केसीले सरकारले राजनीतिक पार्टीलाई प्रतिबन्ध गर्नु अव्यवाहरिक तथा अलोकतान्त्रिक भएको बताएका हुन् । राजनीतिक दललाई प्रतिबन्ध भन्दा पनि अपराधिक कार्यलाई नियन्त्रण गर्नुपर्नेमा उनले जोड दिए ।

नेता केसीले सिके राउतसँग सरकारले राष्ट्रघाती सम्झौता गरेको आरोप लगाए । सिके राउतसँग सरकारले सम्झौता गर्नु अघि पार्टी भित्र र बाहिर छलफल गर्नुपर्नेमा सरकारले कसैसँग छलफल नगरि सम्झौता गर्नु राष्ट्रघाती भएको बताए । सरकारले एक वर्षमा केही काम गर्न नसकेको आरोप उनको थियो ।

प्रकाशित समय १२:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु