गृहपृष्ठ राष्ट्रियसभा नियमावली पारित

राष्ट्रियसभा नियमावली पारित

राष्ट्रियसभाको विहीबारको बैठकले राष्ट्रियसभा (पहिलो संशोधन) नियमावली २०७५ लाई सर्वसम्मतिले पारित गरेको छ ।

राष्ट्रियसभा नियमावली, २०७५ संशोधन मस्यौदा समितिका सभापति परशुराम मेघी गुरुङले सो त्यससम्बन्धी प्रस्ताव बैठकमा प्रस्तुत गरेका थिए । यसअघि नियमावली संशोधनकर्ता सांसद डा. विमला पौडेलले आफ्नो संशोधनको प्रस्ताव फिर्ता लिएका थिए ।

नियमावलीमाथिको दफावार छलफलमा भाग लिँदै सांसद रामप्रीत पासवान र रामलखन चमारले संविधानको भावनानुसार समानुपातिक समावेशी प्रतिनिधित्वमा ध्यान दिन आग्रह गरे ।(रासस)

प्रकाशित समय १६:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु