गृहपृष्ठ विप्लवलाई विश्वासमा लिन सरकारलाई कांग्रेसको आग्रह

विप्लवलाई विश्वासमा लिन सरकारलाई कांग्रेसको आग्रह

bishwa-prakas-newskarobar

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हिंसात्मक विद्रोहमा गएको नेत्रविक्रम चन्द नेतृत्वको समूहलाई विश्वासमा लिन सरकारलाई आग्रह गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार विज्ञप्ति जारी गर्दै नेकपालाई संविधानभित्रैबाट विश्वासमा लिन सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा र नेतृत्वलाई आवेगमुक्त भएर पहल गर्न अपिल गरेका हुन् ।

केही समययता मुलुकका विभिन्न स्थानमा हिंसात्मक गतिविधि बढेको भन्दै सरकारले गत मंगलबारको मन्त्रिपरिषद् बैठकबाट नेकपाको गतिविधि प्रतिबन्ध लगाउने निर्णय लिएको थियो । संविधानविपरीत निषेधको मार्गबाट समस्या समाधान नहुने भन्दै कांग्रेसले सचेत गराएको छ ।
‘नागरिक जीवनको सुरक्षा गर्नु राज्यको दायित्व हो तर त्यस नाममा संविधानविपरीत निषेधको मार्ग अख्तियार गरेर समाधानमा पुग्न सकिन्न,’ विज्ञप्तिमा भनिएको छ, ‘अतः वार्ताको माध्यमबाट दीर्घकालीन समाधान खोज्ने सक्षम शासकीय सुयोग्यता प्रस्तुत गर्न नेपाली कांग्रेस नेपाल सरकारलाई आग्रह गर्छ । कांग्रसले नेत्रविक्रम चन्द नेतृत्वको समूहलाई पनि हत्या, हिंसा र चन्दा आतंकको बाटो परित्याग गरेर शान्तिपूर्ण राजनीतिमा आउन सार्वजनिक अपिल गरेको छ ।’

प्रकाशित समय २१:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु