गृहपृष्ठ एसियन युथ एथ्लेटिक्समा अजितकुमार यादवले जिते स्वर्ण पदक

एसियन युथ एथ्लेटिक्समा अजितकुमार यादवले जिते स्वर्ण पदक

एसियन युथ एथ्लेटिक्स च्याम्पियनसिपमा नेपालका अजितकुमार यादवले स्वर्ण पदक जितेका छन् । हङकङमा जारी तेस्रो च्याम्पियनसिप अन्तर्गत आइतबार भएको खेलमा उनले स्वर्ण पदक जितेका हुन् ।

३ हजार मिटर दौडमा भारत, जापान, यमन लगायतका प्रतिस्पर्धीलाई पछि पार्दै नेपाल एपीएफ क्लबका यादवले स्वर्ण जितेका हुन् । उनले निर्धारित दूरी ८ मिनेट ३०.३२ सेकेण्डमा पूरा गरे ।

प्रकाशित समय १५:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु