गृहपृष्ठ सरकारको सर्त : वार्ताका लागि ‘विप्लव’ समूहले हतियार बिसाउनुपर्ने
सरकारको सर्त : वार्ताका लागि ‘विप्लव’ समूहले हतियार बिसाउनुपर्ने
फाइल तस्बिर ।
सरकारले वार्ताका लागि विप्लव समूहले हतियार बिसाउनुपर्ने सर्त राखेको छ । बिहीबार मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बास्कोटाले वार्ताका लागि विप्लव समूहले हतियार बिसाउनुपर्ने बताएका हुन् ।
‘सरकार वार्ताको लागि तयार छ । तर, पहिला विप्लव समूहले हतियार बिसाउनुपर्छ’ उनले भने । हिंसात्मक गतिविधि गरेको भन्दै विप्लव समूहलाई सरकारले गत फागुन २८ मा प्रतिबन्ध लगाएको थियो ।
प्रकाशित समय १७:०७ बजे

















