गृहपृष्ठ इराकमा डुंगा दुर्घटना, ७० भन्दा बढीको मृत्यु
इराकमा डुंगा दुर्घटना, ७० भन्दा बढीको मृत्यु
इराकको मोसुल शहरस्थित टिगरिस नदीमा डुंगा दुर्घटना हुँदा कम्तिमा ७० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
डुंगामा दुई सय जना सवार रहेको बताइएको छ । उनीहरु घुम्नका लागि पर्यटकीय आइल्याण्ड जाँदै थिए । दुर्घटनामा परेका ५५ जनाको सकुशल उद्दार गरिएको बीबीसीले जनाएको छ । नदीमा पानीको बहाव बढेका कारण त्यहाँ जानका लागि त्यसअघि नै चेतावनी दिएको इराकी अधिकारीहरुले बताएका छन् ।
मोसुल बाँधको ढोका खोलिएका कारण पानीको वहाब बढेको र डुंगा अनियन्त्रित भई डुबेको बताइएको छ ।
प्रकाशित समय ०७:५८ बजे

















