गृहपृष्ठ एभरेष्ट बैंकका ग्राहकलाई हरेक खरिदमा १० प्रतिशत नगद फिर्ता
एभरेष्ट बैंकका ग्राहकलाई हरेक खरिदमा १० प्रतिशत नगद फिर्ता
एभरेष्ट बैंक लिमिटेडले आफ्नो कार्ड प्रयोग गर्ने ग्राहकहरुका लागि हरेक खरिदमा १० प्रतिशत नगद फिर्ता योजना ल्याएको छ । एभरेष्ट बैंकका ग्राहकहरुले रेष्टुरेन्ट, होटल, मल र सुपरमार्केटमा भिसा कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत रकम खातामै फिर्ता पाउने छन् ।
एभरेष्ट बैंकका ग्राहकहरुको संख्या १० लाखभन्दा बढी रहेको छ । क्यामेलस् रेटिङमा एभरेष्ट बैंक बेस्ट रेटेड कमर्सियल बैंकमा पर्न सफल भएको छ । बैंकले आफ्ना ९२ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र ११६ एटिएममार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रकाशित समय १९:५१ बजे

















