गृहपृष्ठ महिला लघुवित्तको आईपीओमा आजदेखि आवेदन दिन सकिने
महिला लघुवित्तको आईपीओमा आजदेखि आवेदन दिन सकिने

महिला लघुवित्त वित्तीय संस्थाको सर्वसाधारण सेयर (आईपीओ) मा आजदेखि आवेदन खुला हुने भएको छ । कम्पनीको आईपीओमा छिटोमा फागुन ५ गते र ढिलोमा १४ गतेसम्म आवेदन दिन सकिने निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले जनाएको छ ।
माघ १० गते धितोपत्र बोर्डबाट अनुमति पाएको लघुवित्तले प्रतिसेयर अंकित मूल्य सय रुपैयाँ दरका ४ लाख कित्ता अर्थात् ४ करोड रुपैयाँबराबरको आईपीओ बिक्री गर्न लागेको हो । त्यसमध्ये ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशत अर्थात २० हजार कित्ता सेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । बाँकी ३ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वधारणका लागि निष्कासन हुनेछ ।
इच्छुक आवेदकले न्यूनतम १० कित्ता र अधिकतम एक हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । महिला लघुवित्तको सेयरले ईक्रा नेपालबाट ‘डबल बी’ क्रेडिट रेटिङ पाएको छ ।
हाल लघुवित्तको चुक्ता पुँजी ६ करोड रुपैयाँ छ । ४ करोडको आईपीओ जारी भएपश्चात संस्थाको चुक्ता पुँजी १० करोड रुपैयाँ पुग्नेछ ।
प्रकाशित समय ०९:०३ बजे