गृहपृष्ठ राजतन्त्र भनेर धेरै नारा नलगाउन प्रधानमन्त्री ओलीको चेतावनी

राजतन्त्र भनेर धेरै नारा नलगाउन प्रधानमन्त्री ओलीको चेतावनी

kp-sharma-oli-newskarobar

प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्रको धेरै नारा नलगाउन राजावादीलाई चेतावनी दिएका छन् । चालू अधिवेशन सकिनुअघि आइतबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताले रगत बगाएर गणतन्त्र ल्याएको भन्दै राजतन्त्रको पक्षमा नबोल्न चेतावनी दिए ।
प्रमुख बिपक्षी नेपाली काग्रेसका महामन्त्री शशांक कोइरालाको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाउदै ओलीले फालिसकेको राजतन्त्र राख्ने कि नराख्ने भनेर जनमत संग्रह हुन नसक्ने बताए । काग्रेस महामन्त्री कोईरालाको नाम नलिई घुमाउरो पारामा ओलीले लोकतन्त्रवादी भन्नेहरुले राजतन्त्रको पक्षमा जनमत संग्रहको माग गरेको बताए ।
‘यो गणतन्त्र रगत बगाएर ल्याइएको हो, भिक्षामा पाइएको होइन, तर जोगीले फेरि लगाए जस्तो राजतन्त्रको नारा लगाईएको छ, नागरिक भएकोमा गर्व छैन, रैतान हुने इच्छा छ, ओलीले भने ‘अव प्रतिगमनको कुनै सम्भावना छैन नेपाली जनता यो सुन्न पनि तयार छैेनन् । ‘
लोकतन्त्रका सबै सिद्धान्तलाई सरकारले अवलम्बन गरेको दाबी गर्दै ओलीले सरकार यो विषयमा सचेत रहेको उल्लेख गरे । ओलीले महिला सहभागिताको कुरामा विकसित देशभन्दा नेपाल अगाडि रहेको बताए । ‘हामी महिला सहभागिताको मामलामा धेरै विकसित देशभन्दा धेरै अगाडि छौँ’, प्रधानमन्त्री ओलीले भने, ‘महिला अधिकारका विषयमा अमेरिका र चीनभन्दा हामी अगाडि छौँ । अब अझ सहभागितालाई गतिलो बनाउन हामी लागेका छौ ।’ सरकारले उल्लेखनीय काम गर्दै आएको बताउँदै ओलीले भारतमा पनि ३३ किलो सुन पक्राउ परेको उल्लेख गरे । सरकारका काम देखेर भ्रष्टाचारी डराएको समेत उनको भनाइ छ ।

प्रकाशित समय १६:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु