गृहपृष्ठ सिंहदरबार प्रवेशमा कडाई, माओवादी द्वन्द्वताकाको झल्को

सिंहदरबार प्रवेशमा कडाई, माओवादी द्वन्द्वताकाको झल्को

जिल्ला जिल्लाका सबै सरकारी कार्यालयमा भरपर्दाे सुरक्षा ब्यवस्था

श्यामसुन्दर पुडासैनी
देशका विभिन्न ठाँउमा बम बिष्फोटका घटना भएसँगै सरकारले मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशमा कडाई गर्न थालेको छ । माओवादी द्वन्द्वताकाको झझल्को दिलाउने गरी आइतबारबाट सिंहदरबार प्रवेशमा कडाइ गरिएको हो । काठमाडौमै शक्तिशाली बिष्फोट र शंकास्पद बस्तु फेला पर्ने क्रम नरोकिएको भन्दै सिंहदरबारपरिसरको सुरक्षामा कडाई गरिएको हो । सरकारले नेत्रविक्रम चन्द (विप्लव) समूहको नेकपालाई प्रतिबन्ध लगाएसँगै सुरक्षा थ्रेट हुनसक्ने र आम सर्वसाधरण केन्द्रीत हुने प्रशासनिक निकायको सुरक्षा व्यवस्थामा कडा गर्न थालिएको हो । विप्लव समुहका कार्यकर्ता प्रवेश गरी अप्रिय घटना गराउने आशंकामा सिंहदरबारको सुरक्षा व्यवस्था कडा पारिएको स्रोतको भनाई छ ।
एक साताअघि सिंहदरबारकै पर्खालबाहिर अनामनगरमा बिष्फोटक पदार्थ भेटिएको थियो । त्यसको केही दिनअघि राजधानीकै विभिन्न ठाँउमा शक्तिशाली बिष्फोटका घटना भएका थिए । घटनाको विप्लव समूहले गराएको पुष्टि भएपछि सिंहदरबार प्रबेश गर्नेमाथि कडाई गरिएको महानगरिय प्रहरी बृत्त सिंहदरबारले जनाएको छ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र मानिएको सिंहदरवार प्रवेशमा प्रहरीको सुरक्षा व्यवस्था र चेकजाँचका कडाई भएसँगै सडकमा सवारी साधनको लाइन लाग्न थालेको छ ।
आईतवार सिंहदरवारको सुरक्षा व्यवस्थाको कारण सर्वसाधरणको सवारी साधनको लाईन माइतीघर मण्डलासम्म पुगेको थियो । सिंहदरबार प्रवेश गर्न चाहने गाडी तथा मोटरसाइकल चालक, यात्रुको शरीर र झोला खानतलासी गरेर मात्रै प्रवेश दिन थालिएको छ । सरकारी कर्माचारीका झोलासमेत चेकजाँच गरिएको छ । यसअघि सरकारी कर्मचारीलाई परिचयपत्र वा पास देखाएर सिहदरबारमा सहजै प्रवेश दिईने भए पनि अहिले चेकजाँच थालिएको छ ।
सिंहदरबार सुरक्षा स्रोतले भन्यो, ‘चेकचाँचमा कडाई गर्न खानतलासी गर्न र परिचयपत्र राम्रोेसँग हेर्नुपर्ने भएकोले एकै व्यक्तिलाई धेरै समय लाग्नसक्छ, यसैले सिंहदरबार अगाडि भिड देखिएको हो ।‘
जिल्लाका सरकारी कार्यालयमा समेत कडाई
संसदीय व्यवस्था नै परिवर्तन गर्नुपर्ने माग राखेर अर्धभूमिगत भएको ‘विप्लव’ समूहका गतिविधि समाधान नभएसम्म सुरक्षामा कडार्ई जारी रहने बताइएको छ । सरकारले संवाद नगरेर प्रतिबन्ध लगाएको विषयमा बहस भईरहदा सिंहदरबार मात्र नभई जिल्लाजिल्लाका सरकारी कार्यालयमा समेत सुरक्षा व्यवस्था कडार्ई गर्ने सरकारको तयारी छ । विप्लव समुहलाई प्रतिबन्ध लगाएकै राती चितवनको एक वडा कार्यालयमा सो समुहले बम विफोट गराएको थियो ।
विगतको माओबादी द्वन्द्वको समयमा सरकारी कार्यालय आक्रमण गर्ने नीति जस्तै विप्लप समुहले पनि सरकारी सार्बजनीक सम्पतिमा क्षती पु¥याउन थालेपछि ती क्षेत्रमा सुरक्षा कडाई गरिन लागिएको गृह सोेतको भर्नाइ छ । गृहमन्त्रालयका सुचना अधिकारी उमाकान्त अधिकारी भन्छन्, ‘सुरक्षा संबेदनशिलतालार्ई हेरेर सरकारी कार्यालय र सार्वजनीक सम्पतिलगायतका क्षेत्रमा विषेश निगरानी गरिएको छ, नागरिकको जिउधनको रक्षाको लागी सरकार चनाखो छ ।’

प्रकाशित समय १७:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु