गृहपृष्ठ एक करोड रुपैयाँ पुरस्कारको ‘नेपाल हिरो अफ ट्यालेन्ट’ हुने
एक करोड रुपैयाँ पुरस्कारको ‘नेपाल हिरो अफ ट्यालेन्ट’ हुने
काठमाडौँ एन्जल मिडियाको आयोजनामा ‘नेपाल हिरो अफ ट्यालेन्ट’ रियालिटी शो हुने भएको छ । गायन नृत्य तथा अन्य प्रतिभालाइ समेटेर गर्न लागिएको रियालिटी शोको आइतबार राजधानीमा पत्रकार सम्मेलन गरि जानकारी गराइयो । नेपालको विभिन्न स्थानमा लुकेर रहेका प्रतिभाहरुलार्इ स्थान दिने गरी ‘नेपाल हिरो अफ ट्यालेन्ट’ गर्न लागिएको हो ।
नेपालका सातै प्रदेश र ७७ वटै जिल्लाको प्रतिनिधित्व हुने गरी १४ वटा मुख्य स्थानमा अडिसन गराई १० हजार जनालाई अडिसनमा सहभागी गराइने कार्यक्रममा जानकारी दिइयो । अडिसनबाट छनोट भएकालाई काठमाडौँ बोलाएर जर्ज राउण्डबाट भोटिंग राउण्डमा प्रवेश गराई भोटिंग राउण्डबाटै प्रथम र द्वितीय छनोट गरिने छ । प्रथम हुनेलाइ नगद ७० लाख द्वितीय हुनेलाइ २० लाख र तृतीय हुनेलाइ नगद १० लाख प्रदान गरिनेछ ।
कार्यक्रममा गायक आनन्द कार्की, संगीतकार ओमप्रकाश राइ र अभिनेत्री एलिना बास्कोटा निर्णायक रहेने छन् । कार्यक्रम मेघा टेलिभिजनमार्फत प्रशारण हुनेछ । चैत २५ गतेबाट अडिसन सुरु हुनेछ । पत्रकार सम्मेलनमा कार्यक्रमको आयोजक प्रेम श्रेष्ठ निर्णायकहरु आनन्द कार्की, एलिना बास्कोटा र मेघा टेलिभिजनका प्रतिनिधिले आआफ्नो मन्तब्य राखेका थिए ।
प्रकाशित समय १७:४४ बजे

















