गृहपृष्ठ दुई दिनमा पाँच अंकले बढ्यो सेयर बजार
दुई दिनमा पाँच अंकले बढ्यो सेयर बजार
सेयर बजार दुई दिनमा पाँच अंकले बढेको छ । चार दिनको कारोबारमा २६ अंकको गिरावट देखिएको बजार सोमबार र मंगलबार गरी पाँच अंकले सुधारिएको हो ।
सोमबार ३.८७ अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार मापक सूचक मंगलबार २.०७ अंकले बढेर ११४०.७२ अंकमा पुगेको छ । सोमबार अघिका चार कारोबार दिनमा २६.६५ अंकको गिरावट देखिएको थियो ।
मंगलबार १ सय ७१ कम्पनीका आठ लाख ८२ हजार कित्ता सेयर कारोबार हुँदा २१ करोड ५१ लाख रुपैयाँमा कारोबार भएको छ । मंगलबार पनि शिवम् सिमेन्ट र युनिभर्सल पावरमा
मूल्य घटेर सर्किट लागेको छ । लगातार मूल्य घट्दा शिवम् सिमेन्टको मूल्य प्रति कित्ता ३४० रुपैयाँमा झरेको छ भने युनिभर्सल पावरको मूल्य २१९ रुपैयाँमा खसेको छ ।
मंगलबार लघुबित्तबाहेक सबै समूहका उपसूचक घटेका छन् । लघुबित्तको सूचक ०.३७ प्रतिशतले घट्दा बाँकी नौ समूहका सबै सूचक बढेका छन् ।
प्रकाशित समय १५:५४ बजे

















