गृहपृष्ठ दुई अर्ब रुपैयाँको ऋणपत्र बिक्री गर्दै नेपाल इन्भेस्टमेन्ट बैंक

दुई अर्ब रुपैयाँको ऋणपत्र बिक्री गर्दै नेपाल इन्भेस्टमेन्ट बैंक

Nepal_investment

नेपाल इन्भेस्टमेन्ट बैंक बैंकले दुई अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ । प्रतिइकाई एक हजार रुपैयाँ अंकित दरमा २० लाख इकाई ऋणपत्र बिक्री गर्न बैंकले धितोपत्र बोर्डसँग अनुमति मागेको हो ।

कूल २० लाख ऋणपत्रमध्ये निष्काशन गरी यसमध्ये ४० प्रतिशत बराबरको ८ लाख इकाई सर्वसाधारणका लागि खुला गरिने र १२ लाख इकाई बैंकले व्यतिगत तबरबाटै अन्य कम्पनीहरुलाई बिक्री गर्ने जनाइएको छ ।

सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धक हुने छ भने निष्काशन हुने ७ वर्षे अवधिको उक्त ‘१०.५ प्रतिशत नेपाल इन्भेस्टमेन्ट बैंक डिभेन्चर २०८२’ मा वार्षिक १०.५ प्रतिशत ब्याजदर अर्धवार्षिक रुपमा प्राप्त हुनेछ ।

प्रकाशित समय १३:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु