गृहपृष्ठ बाराको जितपुरमा विद्यार्थी र प्रहरीबीच झडप, स्थिति तनावग्रस्त
बाराको जितपुरमा विद्यार्थी र प्रहरीबीच झडप, स्थिति तनावग्रस्त
एसईई परीक्षा स्थगित गरिएको विरोधमा प्रदर्शनमा उत्रिएका विद्यार्थी र प्रहरीबीच बारामा झडप भएको छ । विद्यार्थीको समूहले जितपुरस्थित इलाका प्रहरी कार्यालयको ना १ झ ७१२ नम्वरको जीपमा आगो लगाइदिएका छन् भने इप्रकाको भवनमा ढुंगामुढासमेत गरेका छन् ।
आक्रोशित विद्यार्थीहरुलाई भगाउन प्रहरीले अश्रुग्यास प्रयोग गरेको छ । विद्यार्थी र प्रहरीबीच पटक–पटक झडपको स्थिति बन्दा जितपुर तनावग्रस्त बनेको छ ।
एकपछि अर्को विषयको प्रश्नपत्र बाहिरिएपछि संघीय सरकारले प्रदेश २ को एसईईको बाँकी सबै विषयको परीक्षा स्थगित गरेको थियाे ।
यसअघि बिहीबार विज्ञान, शुक्रबार सामाजिक विषयको प्रश्नपत्र बाहिरिएको थियो । त्यस्तै आइतबार हुने स्वास्थ्य जनसंख्या तथा वातावरण विषयको पनि प्रश्नपत्र बाहिरिएपछि शिक्षा मन्त्रालयले प्रदेश २ मा २१ गतेसम्मका सबै परीक्षा स्थगित गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको हो ।
प्रकाशित समय १२:३० बजे

















