गृहपृष्ठ ललितपुरको ठेंचोमा सनराइज बैंकको शाखा

ललितपुरको ठेंचोमा सनराइज बैंकको शाखा

ललितपुरको ठेंचोमा सनराइज बैंकको शाखा खुलेको छ । आइतबार आयोजित औपचारिक कार्यक्रममा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र बैंक संचालक समितिका सदस्य बच्छराज तातेडले संयुक्त रूपमा नयाँ शाखाको उद्घाटन गरे ।
कार्यक्रममा संचालक समितिका सदस्य ओम कृष्ण जोशी, शारदा शर्मा पुडासैनी, नायव महाप्रबन्धक अपछकुमार यादवलगायत बैंकका पदाधिकारी उपस्थिति थिए ।
योसँगै बैंकको शाखा संख्या १ सय ४ पुगेको छ । साथै बैंकले नेपाल अधिराज्य भर २८ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, ११९ वटा एटिएम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।¬

प्रकाशित समय १६:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु