गृहपृष्ठ सेयर बजार १३ अंकले बढ्यो, ५० करोडको कारोबार
सेयर बजार १३ अंकले बढ्यो, ५० करोडको कारोबार
सेयर बजार परिसूचक नेप्से मंगलबार १३ अंकले बढेको छ । जलविद्युत र निर्जीवन बिमा समूह घटे पनि बैंक, होटल, विकास बैंक, वित्त, उत्पादनमूलक, अन्य, लघुवित्त र जीवन बिमा समूहमा हरियाली छाएपछि समग्र बजार परिसूचक १३.७४ अंकले बढेर ११६३.४७ अंकमा पुगेको छ ।
सबैभन्दा धेरै बैंक समूहमा १.९७ र होटल समूहमा १.१४ प्रतिशतको वृद्धि आएको छ । नेप्सेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । मंगलबार १६९ कम्पनीको १८ लाख ९३ हजार १२० कित्ता सेयर ५० करोड ८ लाख रुपैयाँबराबर मूल्यमा किनबेच भएको छ । यो रकम सोमबारको तुलनामा झन्डै १५ करोड धेरै हो भने आइतबारको तुलनामा करिब दोब्बर हो । सोमबार ३५ करोडको सेयर किनबेच भएको बजारमा आइतबारको कारोबार २६ करोडमा सीमित भएको थियो । दुई दिनमै सेयर बजार करिब २० अंकले बढेको छ ।
आज एनसीसी बैंकको सबैभन्दा धेरै ४ करोडको सेयर किनबेच भएको छ । त्यस्तै, एनआईसी एसियाको ३ करोड ७६ लाख, एनएमबी बैंकको २ करोड ७१ लाख, नेपाल बंगलादेश बैंकको २ करोड २७ लाख र २ करोड ६ लाखको सेयर कारोबार भयो । प्रामइ कमर्सियल बैंक, एभरेस्ट बैंक, सिटिजन्स बैंक, माछापुच्छ्रे बैंक र सिभिल बैंकको पनि १ करोडभन्दा बढी मूल्यको सयर किनबेच भएको छ ।
मंगलबार भार्गव विकास बैंकको सेयर मूल्य सबैभन्दा धेरै ९.४ प्रतिशतले बढेको छ । लक्ष्मी इक्विटी फन्ड, एनएमबी हाइब्रिड फन्ड एल–१, पोखरा फाइनान्स, जानकी फाइनान्स लगायत कम्पनीका लगानीकर्ताले पनि उल्लेख्य कमाएका छन् ।
प्रकाशित समय १६:०३ बजे


















