गृहपृष्ठ कारागारलाई किताब अभियान : २१ लाखका पुस्तक संकलन

कारागारलाई किताब अभियान : २१ लाखका पुस्तक संकलन

karagarma-library-newskarobar

कारागारलाई किताब अभियानले २१ लाख रुपैयाँभन्दा बढीका पुस्तक संकलन गरेको छ । मंगलबार पत्रकार सम्मेलन गरी अभियानको उपलब्धिबारे जानकारी गराइएको छ ।

प्रदेश प्रहरी कार्यालयले ९ लाख ६८ हजार ६ सय ७२ रुपैयाँबराबरको पुस्तक संकलन गरेको छ । त्यस्तै, जिल्ला प्रहरी कार्यालयहरुले १२ लाख ७५ हजार रुपैयाँबराबरको पुस्तक संकलन गरेको प्रदेश प्रहरी कार्यालय प्रमुख तथा कारागारलाई किताब अभियानका संयोजक डिआईजी महेशविक्रम शाहले जानकारी दिए ।

‘आजको मितिसम्म ८ हजार ३ सय ८८ थान पुस्तक संकलन भएका छन्,’ उनले भने, ‘कर्णाली प्रदेशबाट सुरु भएको यो अभियानका अभियन्ता अब बाँकेको कारागारका लागि किताब संकलनमा लाग्नेछन् ।’ यो अभियान देशभर सञ्चालन गर्ने योजना रहेको डिआईजी शाहले बताए ।

चैत २३ गते कर्णाली प्रदेशका १० वटै जिल्ला कारागारमा स्थापना हुन लागेको पुस्तकालय उद्घाटनमा १४ जना लेखकसमेत ल्याउने तयारी भइरहेको छ । पुस्तकालय उद्घाटनका लागि सुर्खेतमा नवराज पराजुली, सनत रेग्मी र नवराज पाण्डे आउने भएका छन् । त्यस्तै रुकुम परिश्चमा राजेन्द्र पराजुली र कुमारी लामा, सल्यानमा रामलाल जोशी र उमा सुवेदी, जाजरकोटमा सुविन भट्टराई र अर्चना थापा, दैलेखमा कुमार नगरकोटी र शेखर खरेल, कालीकोटमा युग पाठक, जुम्लामा सिवानीसिंह थारु र डोल्पामा अमर न्यौपाने आउने भएका छन् ।

मुगु र हुम्लामा भने पुस्तकालय स्थापना गरिने भए पनि लेखकहरुको भने उपस्थिति रहने छैन । उनीहरुले कारागारका कैदीबन्दीसँग अन्तक्र्रिया गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । अभियानमा प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत प्रहरी, समाजसेवी, जनप्रतिनिधि, कर्मचारी, पत्रकारलगायतको सहभागिता छ ।

प्रकाशित समय १९:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु