गृहपृष्ठ ओलम्पिक एसिया छनोट : नेपाल र म्यानमार भिड्दै

ओलम्पिक एसिया छनोट : नेपाल र म्यानमार भिड्दै

नेपाली महिला फुटबल टिमले टोकीयो ओलम्पिक २०२० अन्तर्गत एसिया छनोटको दोस्रो चरणअन्तर्गत पहिलो खेलमा नेपालले आज आयोजक म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ ।

पछिल्लो पटक नेपाल र म्यानमारबीच तीन पटक प्रतिस्पर्धा भइसकेको छ । एक खेलमा नेपालले म्यानमारलाई एक–एक गोलको बराबरीमा रोकेको थियो भने दुई खेलमा नेपाल पराजित भएको थियो । यो चरणको छनोटबाट एक टोली मात्र अघि बढ्नेछ । त्यसैलै नेपाललाई आजको खेल जित्नै पर्नै दबाब छ । यो चरण पार गर्ने टोलीले तेस्रो चरणमा अष्ट्रेलिया, चीन, उत्तर कोरिया, दक्षिण कोरिया र थाइल्याण्डसँग अन्तिम दुई स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । जापान भने आयोजकका रुपमा छनोट भइसकेको छ ।

समूह ‘ए’ नेपालसँगै मा आयोजक म्यानमार, भारत र इन्डोनेसिया छन् ।

प्रकाशित समय ११:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु