गृहपृष्ठ आईपीएलमा चेन्नाईको पहिलो हार, हार्दिक चम्केपछि मुम्बई विजयी
आईपीएलमा चेन्नाईको पहिलो हार, हार्दिक चम्केपछि मुम्बई विजयी
इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सले दोस्रो जित दर्ता गरेको छ । हार्दिक पान्ड्याको उत्कृष्ट अलराउन्डको मद्दतमा मुम्बईले चेन्नई सुपर किंग्सलाई ३७ रनले पराजित गरेको हो ।
१ सय ७१ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३३ रन मात्र बनायो । चेन्नईका केदार जाधवले ५८ रनको योगदान गरे पनि अन्य ब्याट्सम्यानले साथ दिन सकेनन् । पहिलो ओभरको चौथो बलमै आम्बती रायडू पेभिलिए फर्किए । शेन वाटशनले पाँच रन मात्रै जोड्न सके । मुम्बईका पान्ड्याले १५ ओभरको पहिलो बलमा चेन्नाईका कप्तान धोनीलाई १२ र सोही ओभरको चौथो बलमा रविन्द्र जडेजालाई १ रन पभेलिएनको बाटो देखाए । मुम्बईका लागि लाथिस मलिंगाले ३, हार्दिक पान्ड्याले ३ र जोशन बेहरनडोफले २ विकेट लिए ।
वानखडे मैदानमा टस हारेर ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाउँदै१ सय ७० रन जोडेको थियो । सुर्य कुमार यादवले ५९ रनको योगदान गरे । कप्तान रोहित शर्मा १३, क्विन्टन डी कक र युवराज सिंहले समान ४ रन बनाए । कु्रनाल पान्ड्याले ४२ रनको योगदान गरे । हार्दिक पान्ड्या २५ रनमा अविजित रहे । किराण पोलार्ड १७ रनमा अविजित रहे ।
चेन्नईका लागि मोहित शर्मा,इमरान ताहिर,रविन्द्र जडेजा,ड्वेन ब्राभो र दिपक चाहारले समान एक विकेट लिए ।
प्रकाशित समय ०८:१७ बजे

















