गृहपृष्ठ प्रतिपक्षी दल छैन भन्दा हुन्छ : माधव नेपाल

प्रतिपक्षी दल छैन भन्दा हुन्छ : माधव नेपाल

madhav-kumar-nepal

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेता माधवकुमार नेपालले सरकारका लागि अहिले प्रतिपक्षी दल नभएजस्तै भएको बताएका छन् । विगतमा प्रतिपक्षीकै कारण सरकारका कतिपय योजना अल्झिने गरेको बताउँदै नेता नेपालले भने, ‘अहिले त सरकार बलियो र प्रतिपक्षी दल अत्यन्तै कमजोर छ, वास्तवमा अहिले प्रतिपक्षी दल छैन भन्दा हुन्छ ।’

मैदान करिब खाली भएको अवस्थामा सरकारले जनताको विश्वास जित्ने गरी काम गर्नुपर्ने उनले बताए । ‘एक हिसाबले मैदान खाली जस्तै छ तर यसो भनेर विचलित हुने अवस्था छैन ।’ जनअपेक्षाअनुसार काम नगरे सरकारलाई जनताले दण्डित गर्ने उनले बताए । चितवनको भण्डारामा आयोजित स्व नेता जागृतप्रसाद भेटवालको प्रथम स्मृतिसभामा पूर्वप्रधानमन्त्री नेपालले भने, ‘जनताले यो सरकारसँग ठूलो भरोसा र आसा गरेका छन्, उनीहरुको चाहाना पूरा गर्ने गरी सरकारले काम गर्नुपर्छ, नभए जनताले दण्डित गर्नेछन् ।’

प्रकाशित समय १६:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु