गृहपृष्ठ टेलिचलचित्र ‘रहरै भो’को शुभमुहुर्त
टेलिचलचित्र ‘रहरै भो’को शुभमुहुर्त
नववर्ष २०७६ को अवसर पारेर टेली चलचित्रत्र ‘रहरै भो’को शुभमुर्हत गरिएको छ । ब्राण्ड न्यू पिक्चर्सका लागी तार्केश्वर कला प्रतिष्ठानको प्रस्तुति रहने टेलीचलचित्र ‘रहरै भो’को तारकेश्वर नगरपालिकास्थित मनमैजु मन्दिरमा स्कृप्ट पूजा गर्दै शुभमुर्हत गरिएको हो ।
दुर्गा केसीले निर्माण गर्ने उक्त टेलीचलचित्रको लेखन रामकाजी घिमिरे, गीत लेखन जनक खड्का र निर्देशन उत्तम नेपालले गर्दैछन् ।
समसामयिक, चेतनामूलक र हास्यप्रधान रहने यो टेलीचलचित्रमा शुभाष गजुरेल, मुकुन्द मैनाली, लक्ष्मण वस्नेत, श्यामकुमार मिश्र, दमन रुपाखेती, गीता नेपाल, उत्तम केसी, राजीव धमला, सम्झना वुढाथोकी, पूजा लोहार, सपना श्रेष्ठ, रामजी रावत, केसर कार्की, सुनिता श्रेष्ठ, शारदा गौतम, गायत्री पाण्डे, रमिला थापा, सन्ध्या खड्कालगायतका कलाकारहरुको अभिनय रहने निर्देशक उत्तम नेपालले जानकारी दिए । यो टेलीचलचित्र जनता टेलिभिजन र चुईचुई पारेर अनलाइन टेलिभिजनबाट प्रशारण हुनेछ ।
प्रकाशित समय १६:२७ बजे

















