गृहपृष्ठ नेपाल १ सय ५० रनले विजयी
नेपाल १ सय ५० रनले विजयी
आईसीसी यू–१९ वान डे वर्ल्डकपकाे एसियाली छनोटमा नेपालले ओमानलाई १ सय ५० रनले पराजित गरेकाे छ ।
मलेसियाको शिलानगोर ट्रफ क्लबको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले दिएको २ सय ३० रनको लक्ष्य पछ्याउने क्रममा ओमान ४४ ओभर १ बलमा अलआउट हुँदै ७९ समेटियो । ओमानका अमनप्रित सिंह र जिल तन्नाले सर्वाधिक १३–१३ रन बनाए । नेपालका पवन सर्राफले ३ तथा सुर्य तामाङ र प्रतिष जिसीले समान २–२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४३ ओभर २ बलमा अलआउट हुँदै २ सय २९ रन बनाएको थियो ।
नेपालका लागि कप्तान रोहितकुमार पौडेलले अर्धशतक पूरा गरे । ८१ बल प्रहार गरेका उनले ७५ रन जोडे । अर्का ब्याट्सम्यान भीम सार्की ३९ रनमा आउट भए भने आक्रामक ब्याटिङ गरेका प्रतिक जीसीले २३ बलमा ४१ रन बनाए । नेपालका लागि पवन सराफ ५ रन, सन्दीप जोरा ४, हरी चौहान २, कुशल मल्ल २, कमल सिंह ऐरी १ रन बनाएर आउट भएका थिए । सूर्य तामाङले ७ रनको योगदान गरे । ओमानका लागि मुजाहिर राजा, आजम अलि, सञ्जय रवीन्द्र र जिल तन्नाले २–२ विकेट लिए ।
प्रकाशित समय १४:०२ बजे

















