गृहपृष्ठ कपनस्थित सेन्ट जुलियन १० औं बर्षमा, गायिका ज्ञानु र नायिका छुल्ठिमले नचाए (फोटो फिचर)

कपनस्थित सेन्ट जुलियन १० औं बर्षमा, गायिका ज्ञानु र नायिका छुल्ठिमले नचाए (फोटो फिचर)

भेट्रान गायिका ज्ञानु राणा स्टेजमा उत्रिएर गाइन, ‘चौतारीमा मै बसे होला कि …?’ तव दर्शक दीर्घाबाट गुन्जियो, ‘वान्स मोर’ । उनलाई दर्शकले छाड्दै छाडेनन् । त्यसपछि उनले अरु दुई वटा गीत गाइन् , ‘सिरिमा सिरी नि कान्छा… ‘लगायत ।
राजधानीको कपनस्थित सेन्ट जुलियन बोर्डिङ स्कुलले आफ्नो ९ औं बार्षिकोत्सवका अबसरमा आयोजित भब्य समारोहमा गायिका राणालाई स्टेजमा उतारेको थियो । त्यही कार्यक्रममा थिइन्, नायिका छुल्ठिम गुरुङ । उनले डायरी फिल्मको ‘माया माया…’ गित गाएर आफू नाच्दै दर्शकलाई पनि नचाइन् ।
सेन्ट जुलियन स्कुलले आफ्नो बार्षिकोत्सवका अबसरमा आयोजना गरेको विभिन्न प्रतियोगिताहरुमा विजयी विद्यार्थीहरुलाई प्रमुख अतिथि निजी तथा आवासीय विद्यालय अर्जनाइजेसन (प्याब्सन) का केन्द्रीय सदस्य ओम प्रधानले पुरस्कार तथा पदकहरु वितरण गरेका थिए । कार्यक्रममा विद्यालयकी प्रधानाध्यापिका पवित्रा थापाले आफूहरु बालमनोविज्ञानमा आधारित भएर गुणस्तरीय शिक्षा दिन लागि परेको बताइन् । विद्यालयले आफ्नै स्वामित्वमा जग्गा किनेर भवन निर्माण गर्न लागेको बताउँदै विद्यार्थीलाई भौतिक सुविधा दिन कुनै कमी हुन नदिने बतइन् ।
बार्षिकोत्सव समारोहमा विद्यालयका शिक्षक तथा विद्यार्थीहरुले गायत तथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रम विद्यालयका अध्यक्ष यज्ञ घिमिरेको सभापतित्वमा भएको थियो ।

प्रकाशित समय ०६:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु