गृहपृष्ठ आठौं राष्ट्रिय खेलकुदको भव्य उद्घाटन
आठौं राष्ट्रिय खेलकुदको भव्य उद्घाटन
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालगन्ज रंगशालामा बिहीबार साँझ ८ औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन गरेकी छिन् । प्रदेश नम्बर ५ को नेपालगन्जमा खेलकुृदको महाकुम्भको राष्ट्रपति भण्डारीले उद्घाटन गरेकी हुन् । समारोहमा राष्ट्रपति भण्डारीले नेपालमा खेल पर्यटनको सम्भावना भएको बताइन् ।राष्ट्रपति भण्डारीले नेपाल प्राकृति र संस्कृतिको धनि भएको उल्लेख गर्दै नेपामला विविध हावा पानी भएकोले नेपालमा खेल पर्यटनको उतिकै सम्भावना भएको बताएकी हुन् ।
खेलकुदको विकास गर्न स्थानिय तहबाटै लाग्नु पर्ने बताउँदै राष्ट्रपति भण्डारीले विद्यालयस्तरबाटै विभिन्न खेलकुदका कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिइन् । राष्ट्रयपति भण्डारीले राज्यको सिमित श्रोतसाधनका बाबजुत पनि खेल क्षेत्रमा लगानी गर्दै आएको बताइन् । शारीरिक स्वस्थ्यको लागि र राष्ट्रको गौरवको लागि खेलकुद आवश्यक भएकोमा जोड दिँदै राष्ट्रपति भण्डारीले नेपालमा धेरै खेल पर्यटनको सम्भावना भएको बताइन् ।

राष्ट्रपति भण्डारी साँझ ६ बजे उद्घाटन गर्न आउने भनिएपनि ३० मिनेट ढिलो गरी कार्यक्रममा सहभागि भएकी थिइन् । राष्ट्रिय खेलकुद परिषदको आयोजनामा नेपालगन्ज रंगशालामा संचालन भएको उद्घाटन सत्रमा ७ प्रदेश, तीन विभागिय, गैरआवासिय नेपाली संघ (एनआरएन) का खेलाडीहरुले मार्च पासमा सहभागि भएका थिए । विभिन्न संघ संस्था सहित विभिन्न जातजातिको झाँकी सहितको पन्चे बाजा समेत मार्च पासको अवसरमा प्रर्दशन गरिएको थियो ।
प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले आफ्नो क्षेत्रमा बृहत खेलकुद आयोजना गर्नुले खेलपुर्वाधारको कोषेढुंगा सावित भएको बताए । उनले दक्षिण एसियाली खेलकुद (साग) खेल समेत नेपालगन्जमा आयोजना गर्न सकिने बताए । युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले उक्त प्रतियोगिताको झण्डोत्तोलन गरी छोटो समयको बाबजुत पनि नेपालगन्जमा आयोजना भएको उक्त प्रतियोगिताले खेलाडीहरुमा थप हौसला प्रदान हुने विश्वास व्यक्त गरे ।

राखेपका सदस्य सचिव केशव कुमा विष्टले खेलाडीहरुले अब खेलेर बाच्ने गरी आधार तयार पार्ने योजना ल्याउन लागेको बताए । यही वैशाखको ५ देखि ११ गतेसम्म नेपालगन्जका विभिन्न स्थानमा हुने प्रतियोगितामा सात वटै प्रदेश, तीन विभागीय नेपाली सेना, नेपाल पुलिस, सशस्त्र प्रहरी वल र पहिलो पटक सहभागि भएको एनआरएनको गरी ११ टिमको सहभागिता रहेको छ ।
उक्त खेलमा खेलाडी, प्रशिक्षक, व्यवस्थापक, अफिसियल, रेफ्री र संघ प्रतिनिधि गरी करिव ११ हजारको सहभागिता रहेको राखेपले जनाएको छ । उक्त प्रतियोगितामा सहभागिताका लागि ५ हजार २ सय ११ जना खेलाडीहरु ३५ वटा खेलमा सहभागिता जनाउने भएको सदस्य सचिव विष्टले जानकारी दिए ।
त्यसैगरी, अमेरिका र अष्ट्रेलिया सहित सात देशबाट पहिलो पटक सहभागी एनआरएन टिमबाट व्यक्तिगत स्पर्धामा ९ वटा खेलमा २५ जना खेलाडीहरुले सहभागिताजनाउँदै छन् । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता १३ औं दक्षिण एसियाली खेलकुद साग गेमको लागि तयारीसमेत रहेको सदस्य सचिव विष्टले बताए । उनका अनुसार ८ औं राष्ट्रिय खेलमा सहभागि खेलाडीहरुलाई स्वास्थ्य र दुर्घटना बिमा गराइने भएको छ ।
यही वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त प्रतियोगिताको समापन गर्ने भएकाछन्। फुटवल खेलबाट समापन गरिने भएको छ ।नेपालगञ्जमा शुरु आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय क्लबहरुकै वर्चस्व रहेको छ । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पदक तालिकामा अग्रस्थानमा छ । सेनाले विहीबारसम्म ३४ स्वर्णसहित १७ रजत, २४ कास्य गरी ८५ पदक हात पारेको छ ।
त्यस्तै, दोस्रो स्थानमा विभागीय नेपाल पुलिस क्लब १९ स्वर्ण, १७ रजत र १७ कास्यसहित कूल ५३ पदक हात पारेको छ । अर्को विभागीय सशस्त्रले १५ स्वर्ण, १२ रजत र १७ कास्यसहित ५३ पदक जितेको छ । प्रदेश नं ३ अंक तालिकाको चौथो स्थानमा छ । प्रदेश ३ ले ७ स्वर्ण, १३ रजत र ३२ कास्य गरी ५० पदक हात पारेको छ । गण्डकी प्रदेशले पाँचौ स्थानमा आफूलाई कायमै राखेको छ । गण्डकीले ६ स्वर्ण, ७ रजत र १९ कास्य गरी ३२ पदक जितेको छ ।
प्रदेश नं २ पदक तालिकाको छैटौं स्थानमा छ । उसले ६ स्वर्ण ६ रजत र ५ कास्य गरी १७ पदक जितेको छ । सुदुर पश्चिम प्रदेश पदक तालिकाको सातौं स्थानमा छ । उसले ६ स्वर्ण ५ रजत र ११ कास्य गरी २२ पदक जितेको छ । आयोजक प्रदेश ५ पदक तालिकाको आठौं स्थानमा छ । प्रदेश ५ ले ४ स्वर्ण, ८ रजत र २१ कास्य गरी ३३ पदक हात पारेको छ ।
प्रदेश नं १ पदक तालिकाको नवौं स्थानमा छ । प्रदेश नं १ ले ३ स्वर्ण, ५ रजत र २५ कास्य गरी ३३ पदक जितेको छ । कर्णाली प्रदेश अंक तालिकाको १० औं स्थानमा छ । कर्णालीले २ स्वर्ण, १ रजत र २ कास्य गरी ५ पदक जित्न सफल भएको छ । कर्णालीले बिहीबार २ स्वर्ण र १ रजत जित्न सफल भएको हो । १ स्वर्ण र २ कास्य गरी एनआरएन पदक तालिकाको अन्तिममा छ ।
प्रकाशित समय ०७:०१ बजे

















