गृहपृष्ठ आईपीएल : मुम्बईले दिल्लीलाई ४० रनले हरायो
आईपीएल : मुम्बईले दिल्लीलाई ४० रनले हरायो
इण्डियन प्रिमियर लिग आईपीएलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई ४० रनले पराजित गरेको छ । दिल्लीस्थित फिरोज साह कोट्ला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १६८ रन बनाएको थियो ।
मुम्बईले दिएको १६९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १२९ रन मात्र बनायो । जितसँगै मुम्बई लिगको दोस्रो स्थानमा उक्लिएको छ । मुम्बईले ९ खेलबाट १२ अंक जोडेको छ । पराजित दिल्ली ९ खेलबाट १० अंक जोडेर तेस्रो स्थानमा छ ।
प्रकाशित समय ०७:५२ बजे

















