गृहपृष्ठ आठौं राष्ट्रिय खेलकुद : ५५ केजी तौल समूहमा सिंह प्रथम

आठौं राष्ट्रिय खेलकुद : ५५ केजी तौल समूहमा सिंह प्रथम

boday-build-newskarobar

आठौं राष्ट्रिय खेलकुदअन्तर्गत बुटवलमा विभिन्न उमेर समूहका शारीरिक सुगठन प्रतियोगिता सम्पन्न भएका छन् । बुटवलमा भएको ५५ केजी तौल समूहको राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा रुपन्देहीका सरोजसिंह प्रथम भएका छन् । सोही समूहमा झापाका हर्कबहादुर राई दोस्रो भए भने कास्कीका मोति गुरुङ तेस्रो भए । चौथो नम्बरमा प्रकर कुमाल बाँके र पाचौं कपिलवस्तुका रामअवरा धोवी भए ।

यस्तै, ६० केजी तौल समूहमा काठमाडौंका आवाज प्याकुरेल प्रथम, रुपन्देहीका सुनिल आले द्वितीय र कास्कीका मौलादिन मियाँ तृतीय भए । यस्तै, चौथो स्थानमा बाँकेका माधव चौधरी रहे भने पाचौंमा कपिलवस्तुका शिव प्रकार लोधले चित्त बुझाए ।

६५ केजी तौल समूहमा झापाका चन्द्रलक्ष्मण लिम्बू प्रथम,  कास्कीका सुरेश लामा दोस्रो र  रुपन्देहीका अमित पंगेनी तेस्रो भए । ७० केजी तौल समूहमा काठमाडौंका अनिललाल श्रेष्ठ प्रथम, झापाका रक्की रिमाल दोस्रो र रुपन्देहीका विजेन्द्रमान श्रेष्ठ तेस्रो भए । ८० केजी तौल समूहको शारीरिक सुगठन प्रतियोगितामा चन्द्रमान श्रेष्ठ प्रथम, काठमाडौंका कृष्ण महर्जन दोस्रो र कास्कीका विनय परियार तेस्रो भए ।

विजेता खेलाडीलाई प्रदेश ५ का उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लीला गिरी, राष्ट्रिय शारीरिक सुगठन संघका अध्यक्ष खेम अधिकारी, कार्यक्रम व्यवस्थापक सितुप्रसाद श्रेष्ठलगायतले पुरस्कार प्रदान गरेका थिए । बुटवल–४ स्थित महेन्द्र सभागृहमा सम्पन्न प्रतियोगितामा ४० खेलाडीको सहभागिता  थियो ।

प्रकाशित समय १८:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु