गृहपृष्ठ अनु भईन सातौ जुनिएर ब्याटल, जितिन १ लाख पुरस्कार
अनु भईन सातौ जुनिएर ब्याटल, जितिन १ लाख पुरस्कार
सातौ जुनिएर ब्याटल–२०१९ को उपाधि तोरन स्कुलकी अनु भन्डारीले जितेकी छिन् । मिडिया ल्याण्डले शुक्रबार काठमाडौंको नाचघरमा अबेर साँझसम्म आयोजना गरेको प्रतियोगितामा अनुले उपाधिसँगै एक लाख रुपैयाँ, क्राउन र विभिन्न उपहार प्राप्त गरिन् । उनले विदेशमा हुने अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।
प्रतियोगितामा जुनियरतर्फ फस्ट रनर अपको उपाधि पाठशाला नेपालकी श्रेया थापा र सेकेन्ड रनर अपको उपाधि पाठशालाकै कुशल लामाले जिते । यस्तै सिनियरतर्फ फस्ट रनर अपको उपाधि एलआरआइ स्कुलका आजन्म सापकोटाले र सेकेन्ड रनर अपको उपाधि तोरन स्कुलबाट आस्मा थापाले हासिल गरे ।
कार्यक्रमको निर्णायकमा भूमिकामा गोपाल झा, सीता पाठक, निर्णय श्रेष्ठ, लसता जोशी, संगिता श्रेष्ठ, उत्तम बनेपाली, महेश महर्जन, सुभेक्षा खड्का, धर्मेन्द्र सेवान र रोहित जोन क्षत्री थिए ।
प्रकाशित समय १८:१४ बजे

















