गृहपृष्ठ राष्ट्रिय जनता पार्टी मोरङले मनायो तेस्रो स्थापना दिवस

राष्ट्रिय जनता पार्टी मोरङले मनायो तेस्रो स्थापना दिवस

राष्ट्रिय जनता पार्टी मोरङले आफ्नो स्थापना दिवस विराटनगरमा मनाएको छ । विराटनगर जलजला चोकस्थित पार्टी कार्यालयमा जिल्लाका नेता कार्यकर्ताको उपस्थितिमा कार्यक्रम गरी स्थापना दिवस भनाइएको हो ।
दिवसका अवसरमा राष्ट्रिय जनता पार्टी (राजपा) मोरङका अध्यक्ष मो. कादिरले संविधान संशोधन गर्ने नियतमा सरकार नरहेकाले सवै मधेशी, आदीवासी जनजाती तथा सिमान्तकृत समुदायले सरकारलाई दवाव दिनुपर्ने बताए ।
उनले संविधानमा समान अधिकारको ग्यारेन्टी नभएकाले सवै समुदाय संविधान संशोधनका लागि एकजुट हुनुपर्ने बताए । दिवसका अवसरमा राजपा मोरङले शनिबार साँझ विराटनगरमा द्विप प्रज्वलन गर्ने अध्यक्ष कादिरले जानकारी दिए ।

प्रकाशित समय १८:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु