गृहपृष्ठ फोटो पत्रकार श्रेष्ठ सगरमाथा शिखरमा

फोटो पत्रकार श्रेष्ठ सगरमाथा शिखरमा

काठमाडौं- फोटोपत्रकार पूर्णिमा श्रेष्ठले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन् । श्रेष्ठले शनिबार बिहान ८ बजेर १० मिनेटमा सगरमाथाको शिखर चुमेकी हुन् । सफल आरोहणसँगै श्रेष्ठ सर्वोच्च शिखरमा पाइला टेक्ने पहिलो नेपाली फोटो पत्रकार भएकी छन् ।
गोर्खा जिल्लाको आरुघाट गाउँपालिका–९ आरुटारमा जन्मिएकी २६ वर्षीया श्रेष्ठले यसअघि २६ सेप्टेम्बर २०१७ मा ८ हजार १६३ मिटर अग्लो मनास्लु हिमालको पनि सफल आरोहण गरेकी थिइन् । उनले गत भदौमा मनास्लुको सफल आरोहण गरेकी थिइन् ।
आरोहण गर्ने क्रममा फोटो पत्रकार श्रेष्ठले पहिलोपटक सर्वोच्च शिखर सगरमाथाको आधार शिविरबाट चुचुरोसम्म ‘मुस्कुराइरहेका नेपाली महिलाहरू’ नामक एकल फोटो प्रदर्शनीसमेत गरेकी छन् । नेपालको संस्कृति तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ नेपाल पर्यटन बोर्डको ‘फोटो नेपाल अभियान’अन्तर्गत रहेर फोटो पत्रकार क्लबको प्राविधिक सहयोगमा श्रेष्ठले सगरमाथामा सो फोटो प्रदर्शनी गरेकी हुन् । उनी विगत पाँच वर्षदेखि फोटोपत्रकरितामा सक्रिय छिन् ।
अहिले उनी अहिले बेस क्याम्पमा फर्किएकी छन् । उनले आफ्नो तीव्र चाहनाले नै यो सफलता मिलेको बताएकी छन् । आफु फोटो पत्रकार भएकाले सगरमाथाको आधार शिविरदेखि सगरमाथाको चुचुरोसम्म मुस्कुराइरहेका नेपाली महिलाको फोटो प्रदर्शनी गर्ने लक्ष्य समेत पूरा गरेको बताइन् । जसका कारण अब उनी सगरमाथा सफल आरोहण ज्ञगर्ने पहिलो फोटो पत्रकार समेत हुन सफल भइन् । त्यसैगरि, उनले सगरमाथाको शिखरमा आमाको तस्बिर राख्ने योजना समेत पूरा गरेको फोटोे पत्रकार क्लबका प्रवक्ता दिपेश श्रेष्ठले जानकारी दिए ।

प्रकाशित समय ०९:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु