गृहपृष्ठ कर्जा लगानी बढ्योःघरजग्गा धितोमा बढी लगानी

कर्जा लगानी बढ्योःघरजग्गा धितोमा बढी लगानी

काठमाडौं– पछिल्ला केही महिना यता बैंक तथा वित्तीय संस्थामा कर्जा लगानी निक्षेप संकलनको तुलनामा बढिरहेको छ । गत साउन महिनादेखि वैशाख अन्तिम सातासम्म निक्षेप २ खर्ब ६ अर्बले बढेको हो ।
कर्जा लगानी २ खर्ब ८८ अर्बले बढेको तथ्यांकले देखाएको छ । राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्षको चैत महिनासम्म बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १६ दशमलव ९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १५ दशमलव ६ प्रतिशतले बढेको थियो ।
बैंक तथा वित्तीय संस्थाले वैशाखभरि २५ अर्बले निक्षेप बढाएर २२ खर्ब ९३ अर्ब रुपैयाँ पु¥याएका छन् । निक्षेप वृद्धिसँगै बैंकहरुको ऋण लगानी पनि त्यही अनुपातमा बढेको छ । वैशाख महिनामा कर्जा लगानी २० खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ ।
निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये चैत मसान्तसम्म वाणिज्य बैंकको कर्जा प्रवाह १६ दशमलव २ प्रतिशत, विकास बैंकको २४ दशमलव ७ प्रतिशत र वित्त कम्पनीको १० दशमलव शून्य प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा गत चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा १९ दशमलव ५ प्रतिशतले बढेको छ ।
चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जामध्ये ६१ दशमलव ४ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४ दशमलव ८ प्रतिशत कर्जा चालू सम्पत्तिको धितोमा प्रवाह भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
२०७३ चैत मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६० दशमलव ८ प्रतिशत र १४ दशमलव शून्य प्रतिशत रहेको थियो । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित ट्रस्ट रिसिट कर्जा ७० दशमलव ९ प्रतिशतले वृद्धि भई १ खर्ब १० अर्ब २८ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ३ दशमलव २ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित हायर पर्चेज कर्जा १० दशमलव शून्य प्रतिशतले तथा ओभरड्राफ्ट कर्जा १४ दशमलव शून्य प्रतिशतले बढेको छ । त्यसैगरी, चैत महिनासम्म रियल स्टेट कर्जा १३ दशमलव ३ प्रतिशतले बढेको छ ।
चालू आर्थिक वर्षको सुरुवातदेखि नै निक्षेप र कर्जाबीचको सन्तुलन नमिल्दा लगानीयोग्य पुँजी (तरलता) भएकाले बैंक ब्याज दर उच्च भएको थियो ।

प्रकाशित समय ०९:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु