गृहपृष्ठ पोखरामा एसियन कप ट्राइयाथलन च्याम्पियनसिप हुने

पोखरामा एसियन कप ट्राइयाथलन च्याम्पियनसिप हुने

नेपालमा पहिलो पटक एसियन कप ट्राइयााथलन च्याम्पियनसिप हुने भएको छ । प्रतियोगिता शनिबार पोखरामा हुनेछ ।

नेपाल ट्राइथोलन संघले स्प्रिन्ट विधामा प्रतिस्पर्धा गराउन लागेको हो । पोखराको फेवा तालमा हुने प्रतियोगितामा जापान, कोरिया, काजाकिस्तान, लिथुनिया, पोल्याण्ड, अष्ट्रेलिया, भारत र बंगलादेशलगायतका खेलाडी नेपाल आइपुगिसकेका छन् ।

दक्षिण एसियामानै पहिलो पटक हुन लागेको यो प्रतियोगितामा सबैभन्दा बढी जापानी खेलाडीको सहभागिता हुनेछ । एसिया क्षेत्रिय वरियतामा दोस्रो नम्बरमा रहेका जापानी खेलाडी माकोतो ओदाकुराले पनि च्याम्पियनसिपमा भाग लिनेछन् ।

पुरुष तर्फ १९ र महिला तर्फ ८ खेलाडीले प्रतिस्पर्धा गर्ने संघले जानकारी दिएको छ ।  नेपालका खेलाडीहरु नितेश मानन्धर, बसन्त थारु र दिपेश चौधरी, सोनी गुरुङ र केशरी थापा मगरले प्रतिस्पर्धामा उत्रिनेछन् ।

ट्राईयाथलनको स्प्रिन्ट विधामा २० किलोमिटर साइक्लिङ, ७ सय ५० मिटर स्विमिङ र ५ किलोमिटरको दौड हुनेछ । दुआथोलन स्प्रिन्टमा ५ किलोमिटर दौड, २० किलोमिटर साइक्लिङ, २.५ किलोमिटरको दौड हुनेछ ।

यो विधाको खेलमा सानो गल्ती भए पनि खेलाडीलाई धेरै क्षति हुने भएकाले खेलाडीको दुर्घटना बिमा गरिएको छ । खेलका दौरान खेलाडीको मृत्यु भएमा १५ लाख र साधारण भएमा घाइते भए अस्पताल खर्च र औषधोपचारका लागि ५० हजारको विमा गरिएको अध्यक्ष निलेन्द्र राज श्रेष्ठले जानकारी दिए ।

प्रकाशित समय ०८:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु