गृहपृष्ठ विष्णु पौडेलको बालुवाटारकाे जग्गा वैधानिक छ : मन्त्री अर्याल

विष्णु पौडेलको बालुवाटारकाे जग्गा वैधानिक छ : मन्त्री अर्याल

padma aryal-newskarobar फाइल तस्बिर ।

भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले बालुवाटारमा नेकपाका महासचिव विष्णु पौडेलले खरिद गरेको जग्गा वैधानिक भएको बताएकी छिन् ।

शनिबार कनठमाडौंमा भएको एक साक्षात्कारमा उनले सरकारले मोही कायम गरी पुर्जा वितरण हुँदै छैठौं व्यक्तिका रुपमा नवीन पौडेलको नाममा पुगेको बताइन् । उनले भनिन् ‘विष्णु पौडेलको सन्दर्भमा जे प्रचार भएको छ, त्यो अतिरञ्जित हो। कानुन तथ्य र प्रमाणले अवैधानिक देखिन्न।’

मन्त्री अर्यालले ललिता निवासको जग्गाको सबै कित्ताहरु किटान गरेर शुक्रबारदेखि रोक्का गरिएको बताइन्। ‘हिजोमात्रै हामीले ललिता निवासभित्र पर्ने जग्गाको ९८ प्रतिशत कित्ताहरु किटान गरेका छौं। सबै कित्ताहरु रोक्का गरेका छौं’, उनले भनिन, ‘७ दिनको समयसीमा राखेर हामीले कित्ता काट गर्ने काम सम्पन्न गरेका हौं।’

प्रकाशित समय १५:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु