गृहपृष्ठ केपिएल : सुर्खेतले मध्यपश्चिमलाई ३१ रनले हरायो

केपिएल : सुर्खेतले मध्यपश्चिमलाई ३१ रनले हरायो

कर्णाली प्रिमियर प्रिमियर लिग केपिएलमा घरेलुटोली कर्णाली ११ सुर्खेतले मध्यपश्चिम क्रिकेट क्लबलाई ३१ रनले पराजित गरेको छ । वीरेन्द्रजगरको कालिन्चोक किक्रेट मैदानमा भएको खेलमा समूह ’ए’ अन्तर्गत कर्णाली –११ ले मध्यपश्चिम क्रिकेट क्लबलाई ३१ रनले पराजित गरेको हो ।

जितसँगै कर्णाली – ११ ले सेमिफाइनल प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ । खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली – ११ ले २० ओभरमा ४ विकेट गुमाएर १४८ रनको योगफल तयार गरको थियो । लक्ष्य पछ्याउने क्रममा मध्यपश्चिम क्रिकेट क्लबले २० ओभरमा ७ विकेट गुमाएर ११७ रन मात्रै बनाउन सक्यो ।

मध्यपश्चिमलाई लक्ष्यसम्म पुग्न नदिन कर्णाली– ११ को लागि कृष्ण कार्कीले सर्वाधिक ३ तथा किशोर महतोले २ विकेट लिएका थिए । कृष्ण कार्कीले ४ ओभरमा १ मेडन ओभर सहित ११ रन मात्र खर्चिए । जितेन्द्र सिंह ठकुरी र ललित प्याकुरेलले १ र १ विकेट लिएका थिए ।

मध्यपश्चिमको लागि शैलेन्द्र यादबले सर्वाधिक ३१, राजवीर सिंहले ३० तथा आकाश बिस्टले २३ रन बनाए पनि जितको लागि पर्याप्त रहेन । खेलको प्लेयर अफ द म्याच कृष्ण कार्की चुनिए ।

यसअघि पहिले ब्याटिंग गर्ने क्रममा कर्णाली–११ को लागि कप्तान रबिन्द्र जंग शाहीले ६१ रनको योगदान दिए । यसअघि अन्डर–१९ राष्ट्रिय क्रिकेटर भइसकेका शाहीले ५६ बलमा ६ चौका प्रहार गरे ।

यस्तै कृष्ण कार्कीले ४६ रन बनाउँदा २७ बलमा ४ चौका र २ छक्का प्रहार गरे । लोकेस बमले १७ रन बनाए । ७९ रनमा ४ विकेट गुमेपछि रबिन्द्र र कृष्णले पाँचौ विकेटको लागि ६९ रनको साझेदारी गरेका थिए । मध्यपश्चिम क्रिकेट क्लबको लागि तुल्सीराम अहिनले २ विकेट तथा अमित तामाङ्ग र अजय शाहनीले १ र १ विकेट लिए ।

गत बैशाख १२ गते देखी कर्णालीमा शुरु भएको दोस्रो संस्करणको कर्णाली प्रिमियर लिग (केपिएल) आगामी २१ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा ३ विभागिय टिमसहित ८ टिमको सहभागिता रहेको छ । लिगको बिजेताले पाँच लाख र उपविजेताले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित समय १५:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु