गृहपृष्ठ नेप्सेको वेबसाइटमा समस्या, नेप्से भन्छ- फाइबर चुँडियो
नेप्सेको वेबसाइटमा समस्या, नेप्से भन्छ- फाइबर चुँडियो
नेपाल स्टक एक्सचेन्ज (नेप्से)को वेबसाइटमा समस्या आएको छ । साइटमा समस्या आएपछि सेयर कारोबार खुलिरहे पनि कुनै तथ्यांक अपडेट भएका छैनन् । साइट लग इन गर्दा सोमबारकै कारोबारको तथ्यांक देखिन्छ ।
इन्टरनेट सेवा प्रदायकको फाइबर चुँडिएकाले मंगलबारको कारोबार प्रत्यक्ष हेर्न नमिल्ने नेप्सेले सूचनामार्फत जानकारी गराएको छ । समस्या समाधान चाँडै हुने नेप्सेले जनाएको छ । नेप्सेमा पटक-पटक प्राविधिक समस्या आउँदा लगानीकर्ता भने हैरान छन् ।
प्रकाशित समय १३:०६ बजे

















