गृहपृष्ठ ज्योति लाइफमा जीवन बिमा : ३५ घातक रोगका लागि ५० लाखसम्म आर्थिक सुरक्षा

ज्योति लाइफमा जीवन बिमा : ३५ घातक रोगका लागि ५० लाखसम्म आर्थिक सुरक्षा

jyoti-life-press-conference2-newskarobar

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ३५ घातक रोगका लागि ५० लाख रुपैयाँसम्मको आर्थिक जोखिम बहन गर्ने योजना सार्वजनिक गरेको छ । ज्योति लाइफको यो योजना नेपालकै पहिलो र सर्वाधिक घातक रोगहरूविरुद्ध आर्थिक सुरक्षा दिने योजना हो ।

पर्यटन व्यवसायी, लेखक एवं क्यान्सर रोगविरुद्धका अभियन्ता कर्ण शाक्य, क्यान्सर रोग विशेषज्ञ तथा नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरका कार्यकारी अध्यक्ष सुदीप श्रेष्ठ, सद्भावना दूत राजेश हमाल र सञ्चालक समिति अध्यक्ष नन्दकिशोर शर्माले बिमा योजनाको संयुक्त रूपमा शुभारम्भ गरेका छन् । योजनाअन्तर्गत बिमालेख खरिद गर्ने कुनै पनि बिमितले तोकिएका घातक रोग लागेको प्रमाणित भएमा पहिल्यै उपचार खर्चबापतको रकम पाउनेछन् ।

कार्यक्रममा कम्पनीका उपप्रमुख प्रकाशविक्रम खत्रीले नयाँ बिमा योजनको आवश्यकता, विशेषता, नेपाली बिमा बजारमा घातक रोगविरुद्ध आर्थिक सुरक्षालगायतका विषयमा प्रस्तुतीकरण दिँदै कुनै पनि नेपालीको घातक रोगको कारण उपचार हुनै नपाई अकालमा हुने मृत्युबाट बचाउन पूर्ण आर्थिक सुरक्षासहितको योजना ल्याइएको जानकारी गराए ।

jyoti-life-press-conference-newskarobar

त्यस्तै, अभियन्ता कर्ण शाक्यले क्यान्सले कुनै एकजनाको मात्र नभई परिवारका सबै सदस्यको दैनिकी र आर्थिक अवस्था भताभुंगा पारिदिने भएकाले ज्योति लाइफको योजना प्रशंसनीय रहेको विचार राखे । सञ्चालक समिति अध्यक्ष नन्दकिशोर शर्माले कम्पनीले सुरुदेखि नै सबै नेपालीलाई जीवन बिमामार्फत आर्थिक सुरक्षा तथा सुनिश्चित भविष्यका लागि विभिन्न नयाँ योजना जारी गर्दै आएको जानकारी गराए ।

दुई वर्षअघि स्थापित जीवन बिमा कम्पनी ज्योति लाइफको चुक्ता पुँजी १ अर्ब ५४ करोड रूपैयाँ छ । २५० भनदा बढी कर्मचारी र ५ हजारभन्दा बढी अभिकर्ता रहेको कम्पनीबाट करिब २० हजारले बिमा गरेका छन् । कम्पनी स्थापनाकै बेला ११ वटा शाखा एकसाथ खोलेको ज्योति लाइफका हाल देशभर एक सयभन्दा बढी शाखा कार्यालय छन् । कम्पनीले हालसम्म ११ घातक रोगका लागि १० बराबरको आर्थिक सुरक्षा बहन गर्ने योजना सञ्चालनमा ल्याएको थियो ।

प्रकाशित समय १६:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु