गृहपृष्ठ उपेन्द्र यादवले दिए सरकार छाड्ने धम्की
उपेन्द्र यादवले दिए सरकार छाड्ने धम्की
समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यसमितिका अध्यक्ष रहेका सरकारका उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले यदि सरकारले संविधान संशाेधनका प्रक्रिया अघि नबढाए सरकारबाट बाहिरिने धम्की दिएका छन् ।
पार्टी एकीकरणपछि पोखरामा आयोजित पहिलो कार्यकर्ता अभिभूमीकरण कार्यक्रममा उनले संविधानकाे संशोधन र प्राप्त अधिकारका संरक्षणका लागि आफूहरू सरकारमा समावेश भएको भन्दै यदि संविधान संशोधन नभएमा सडकमा आएर संघर्ष गर्ने बताए ।
‘आउने दिनमा परिवर्तनलाई संस्थागत गर्न, पाएको अधिकारलाई जोगाउन र परिवर्तनलाई अगाडि बढाउन फेरि सडक संघर्षका लागि तयार हुनुपर्छ र हामी यसका लागि तयार छाैं,’ उनले भने, ‘सहज तरिकाले मिलिजुली, सहज तरिकाले असमानता र संवैधानिक त्रुटिहरूलाइ सच्याउने भए हामी तयार छाैं, गर्दै नगर्ने हो, मुलुकमै खतरामा रहने अवस्था आए, प्राप्त उपलब्धिहरू गुम्ने अवस्था आए हामी सडक संघर्षमा जान्छाैं ।’
यादवले संविधानमा भएको नागरिकतासम्बन्धि प्रावधान त्रुटिपूर्ण भएकाले यसलाई सच्याउनै पर्ने टिप्पणी गरे ।
प्रकाशित समय १६:२६ बजे

















