गृहपृष्ठ यो वर्ष कर्णाली समृद्धिको नीति
यो वर्ष कर्णाली समृद्धिको नीति
कर्णाली प्रदेश सभाको चौथो अधिवेशन आगामी जेठ १० गतेका लागि तय भएसँगै सरकार आगामी वर्षको नीति तथा कार्यक्रमको तयारीमा जुटेको छ ।
अघिल्लो वर्षलाई अनुभवको वर्ष मान्दै प्रदेश सरकार नीति तथा कार्यक्रममा जुटेको हो । अहिलेसम्म आधार संरचनाको तयारीको बहानामा सरकारले लक्ष्य अनुसारको कार्यक्रम कार्यान्वययन गर्न सकेको छैन ।
कर्मचारी समायोजनले समेत कर्णाली प्रदेशलाई असर गरेको छ । कर्मचारी अभावकै कारण चालू आर्थिक वर्षमा विनियोजित बजेट उत्साहजनक रुपमा खर्च हुन नसकेको प्रदेश सरकारको भनाइ छ ।
आर्थिक वर्ष ०७६–०७७ मा ल्याइने नीति तथा कार्यक्रम भने कर्णालीको समृद्धिका लागि हुने सरकारका प्रवक्ता एवम् भूमि, कृषि व्यवस्था तथा सहकारी मन्त्री बिमला केसीले बताइन् ।
यो वर्ष प्रदेश लोकसेवा आयोग विधेयक पनि पास भएको छ । प्रमाणीकरण भएपछि त्यसैमा टेकेर कर्मचारी भर्ना गरेर भएपनि कर्मचारीको अभाव परिपूर्ति गर्ने प्रदेश सरकारको योजना छ ।
ठूला विकासका योजनालाई पूर्वाधार प्राधिकरणमार्फत गर्ने योजना सरकारले बनाएको छ ।
प्रकाशित समय ०८:२३ बजे
















