गृहपृष्ठ राष्ट्रिय ललितकला प्रदर्शनीमा भावभंगी कला

राष्ट्रिय ललितकला प्रदर्शनीमा भावभंगी कला

performance-art-kathmandu-newskarobar तस्बिर : रासस

काठमाडौँको नेपाल कला परिषदमा जारी राष्ट्रिय ललितकला प्रदर्शनीअन्तर्गत नयाँ विधा पर्फर्मेन्स आर्ट (भावभंगी कला) प्रस्तुत गर्दै कलाकार कोशल हमाल । नेपाल कला परिषद् बबरमहलमा असार २ गतेदेखि जारी प्रदर्शनीमा नेपालभरबाट ४६७ कलाकारका चित्रकला, मूर्तिकला, लोककला, हस्तकला तथा अन्य सिर्जनात्मक कलालगायत विभिन्न विधाका ५२९ कलाकृति र वरिष्ठ कलाकारका कलाकृति समेटिएको छ ।

performance-art-kathmandu-newskarobar
तस्बिर : रासस

नेपाली ललितकलाको विकास, ललितकला क्षेत्रमा योगदान पुर्‍याएका वरिष्ठ कलाकारको सम्मानका साथै नयाँ कलाकारको हौसला बढाउने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको हो । नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान स्थापना दिवसका अवसरमा बर्सेनि राष्ट्रिय ललितकला प्रदर्शनी हुने गरेको छ । प्रदर्शनी तीन हप्तासम्म चल्नेछ ।

प्रकाशित समय १९:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु