गृहपृष्ठ चार देशका लागि राजदूत सिफारिस

चार देशका लागि राजदूत सिफारिस

mantrisad-meeting-newskarobar

सरकारले अस्ट्रेलिया, स्पेन, कतार र बंगलादेशका लागि राजदूत सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अस्ट्रेलियाका लागि महेशराज दाहाल, स्पेनका लागि आङफुटी शेर्पा, कतारका लागि राजदूतमा नारद भारद्वाज र बंगलादेशका लागि वंशिधर मिश्रलाई राजदूत सिफारिस गरेको हो ।

लक्की शेर्पाले राजीनामा दिएपछि अस्ट्रेलियाका लागि राजदूत पद रिक्त थियो । प्रस्तावित राजदूत महेशराज दाहाल पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट मानिन्छ ।

कतारका लागि राजदूतमा प्रस्तावित भारद्वाज तत्कालीन एमालेका विदेश विभागका सदस्य थिए । स्पेनका लागि राजदूतमा सिफारिस भएकी शेर्पा पासाङ ल्हामुकी छोरी एवं हेलिकप्टर दुर्घटनामा निधन भएका व्यवसायी आङछिरिङ शेर्पाकी भतिजी हुन् । त्यस्तै, बंगलादेशका लागि राजदूत प्रस्तावित मिश्र पूर्व स्वास्थ्य राज्यमन्त्री तथा नेकपाका नेता हुन् ।

प्रकाशित समय २२:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु