गृहपृष्ठ राफयल नाडाल फ्रेन्च ओपनको फाइनलमा
राफयल नाडाल फ्रेन्च ओपनको फाइनलमा
विश्व नम्बर दुई स्पेनिस राफयल नाडाल फ्रेन्च ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् ।
तेस्रो वरीयताका भेट्रान स्वीस रोजर फेडेररमाथि सहज जित निकाल्दै नाडालले फाइनलमा स्थान बनाएका हुन् । पेरिसमा गए राति सम्पन्न सेमीफाइनलमा नाडालले फेडेररलाई तीन सेटमा पराजित गर्दै फ्रेन्च ओपनको उपाधिनजिक पुगेका हुन् ।
नाडालले फेडेररलाई ६–३, ६–४ र ६–२ को सेटमा पराजित गरे । नाडालले ११ पटक फ्रेन्च ओपनको उपाधि जितिसकेका छन् । नाडालले अब फाइनलमा विश्व नम्बर एक सर्वियन नोभाक जोकोभिच र अष्ट्रेलियन डोमिनिक थेइममध्ये एकसँग प्रतिस्पर्धा गर्नेछन् ।
महिलातर्फ चेककी मार्केटो भोनड्रोउसोभा र अष्ट्रेलियन एसिलेस बार्टी फाइनलमा पुगेका छन् । मार्केटोले बेलयाती जोहाना कोन्टालाई ७–५ र ७–६ को सेटमा पराजित गरिन् । एसिलेस बार्टीले एनिसिमोभालाई ६–७, ६–३ र ६–३ को सेटमा हराउँदै फाइनलमा मार्केटोसँगको भेट पक्का गरिन् ।
प्रकाशित समय ०७:४५ बजे

















