गृहपृष्ठ विश्वकप क्रिकेट : उपाधि दाबेदार भारत र अष्ट्रेलिया भिड्दै

विश्वकप क्रिकेट : उपाधि दाबेदार भारत र अष्ट्रेलिया भिड्दै

india-vs-australia-newskarobar

एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत अहिले उपाधिका दुई दाबेदार भारत र अष्ट्रेलियाले प्रतिस्पर्धा गरिरहेका छन् ।

लन्डनस्थित ओभल क्रिकेट मैदानमा सुरु खेलमा भारतले टस जितेर ब्याटिङ गरिरहेको छ । विश्वकपमा सर्वाधिक सफल टिम अष्ट्रेलियाले अहिलेसम्म ५ पटक उपाधि जितेको छ । भारतले २ पटक उपाधि उचालेको छ । हेड टु हेडमा अष्ट्रेलिया बलियो देखिन्छ ।

भारत र अष्ट्रेलियाबीच भएका १ सय ३६ वान डे मा अष्ट्रेलिया ७७ खेलमा विजयी भएको छ भने भारतले ४९ खेल जितेको छ । १० खेलमा दुबै टिमले अंक बाडेका थिए ।

प्रकाशित समय १५:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु