गृहपृष्ठ महिला विश्वकपमा आज तीन खेल हुँदै

महिला विश्वकपमा आज तीन खेल हुँदै

फिफा महिला विश्वकप फुटबलमा आज तीन खेल हुँदैछन् । अस्ट्रेलियाले इटलीसँग प्रतिस्पर्धा गर्दा बाज्रिलले जमैका र इङ्ल्यान्ड स्कटल्यान्डले प्रतिस्पर्धा गर्नेछन् ।

समूह ‘सी’बाट अस्ट्रेलिया इटलीको सामना गर्न लागेको हो । खेल नेपाली समयअनुसार अपरान्ह पौने ५ बजे सुरु हुनेछ । समूह ‘सी’ को अर्को खेलमा ब्राजिल र जमैकाबीच प्रतिस्पर्धा हुनेछ । ब्राजिल र जमैका नेपाली समयअनुसार बेलुका सवा नौ बजे मैदान उत्रिनेछन् ।

यस्तै समूह ‘डी’ को पहिलो खेलमा इङ्ल्यान्ड र स्कटल्यान्ड भिड्न लागेका हुन् । खेल राति पौने १२ बजे सुरु हुनेछ ।

प्रकाशित समय १५:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु