गृहपृष्ठ अष्ट्रेलियाविरुद्ध धवनको शतक
अष्ट्रेलियाविरुद्ध धवनको शतक
फाइल तस्बिर
एकदिवसीय विश्वकपमा भारतका ओपनर शिखर धवनले अष्ट्रेलियाविरुद्ध शतक प्रहार गरेका छन् ।
लण्डनस्थित ओभल मैदानमा भारतले टस जितेर ब्याटिङ गरिरहेको छ । ओपनर शिखर धवनले शतक प्रहार गरेका छन् । उनले ९५ बलमा सतक पूरा गरेका हुन् । ३२.४ ओभरको खेल सकिँदा भारतले एक विकेटको क्षतिमा १ सय ८८ रन बनाएको छ । अर्का ओपनर रोहित शर्मा ७० बलमा अर्धशतकीय पारी खेल्दै आउट भएका छन् । उनले ५७ रनको योगदान गरे ।
अहिले धवनलाई कप्तान विराट कोहलीले २७ रन बनाएर साथ दिइरहेका छन् ।
प्रकाशित समय १७:४० बजे

















