गृहपृष्ठ प्रदेश २ को नाम थरुहट थारुवान राख्न माग
प्रदेश २ को नाम थरुहट थारुवान राख्न माग
थारु कल्याणकारी सभा एवं थरुहट संयुक्त संघर्ष समितिले प्रदेश २ को नाम थरुहट थारुवान राख्न माग गरेको छ ।
प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थलाई समितिका महामन्त्री प्रेमीलाल प्रसाद चौधरीले बुझाएको ९ बुँदे ज्ञापन पत्रमा सो माग समेटिएको हो । ज्ञापन पत्रमा पर्सादेखि झापासम्मको भू–भाग सिमांकन गरी स्वायत थरुहट थारुवान प्रदेश नामाकरण गरिनुपर्ने उल्लेख छ ।
त्यस्तै, प्रदेश २ मा थारु भाषालाई सरकारी कामकाज र पठन–पाठनको भाषाको रुपमा मान्यता दिनुपर्ने माग राखिएको छ । प्रदेशका विभिन्न अंग, निकाय तथा तहमा थारुलाई ५० प्रतिशत समानुपातिक समावेशी प्रतिनिधित्व गराउनु समितिले माग गरेको छ ।
प्रकाशित समय १७:५६ बजे
















