गृहपृष्ठ सिभिल बैंकको नयाँ शाखा धनुषाको ढल्केवरमा
सिभिल बैंकको नयाँ शाखा धनुषाको ढल्केवरमा
सिभिले बैंकले धनुषाको ढल्केवरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
मिथिला नगरपालिकाका प्रमुख हरिनारायण महतोले आइतबार बैंकको ७६ औं शाखाको उद्घाटन गरेका हुन् । कार्यक्रममा बैंकका प्रदेश २ इन्जार्च दिपक श्रेष्ठले यसै आर्थिक वर्षमा प्रदेश २ मा १५ शाखा सञ्चालनमा ल्याउने बताए । उनले प्रदेशको आर्थिक कारोबारलाई उचाइमा पुर्याउन बैंकको योगदान रहने बताए ।
ढल्केवर शाखाका मेनेजर विवेक झाले कृषि कारोबारलाई पहिलो प्राथमिकता दिने बताएका छन् । ढल्केवरवासीलाई बैंकिङ कारोबारका लागि अन्यत्र जानुपर्ने बाध्यता हट्ने मेनेजर झाको भनाइ छ ।
प्रकाशित समय १८:०९ बजे

















