गृहपृष्ठ विश्वकप क्रिकेटमा आज भारत र न्युजिल्यान्ड भिड्दै

विश्वकप क्रिकेटमा आज भारत र न्युजिल्यान्ड भिड्दै

एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा आज भारत र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ ।

नेपाली समयअनुसार दिउँसो सवा तीन बजे नोटिन्घममा सुरु हुने खेलमा दुवै टोली अपराजित यात्रालाई कायमै राख्ने लक्ष्यमा छन् । न्युजिल्याण्डले सबै चार खेलमा जित निकालेको छ भने भारत पनि तेस्रो जितको खोजिमा छ । वार्मअप खेलमा न्युजिल्याण्डले भारतलाई ६ विकेटले हराएको थियो ।

न्युजिल्यान्डले पहिलो खेलमा श्रीलंकालाई १० विकेट, बंगलादेशलाई २ विकेट र अफगानिस्तानलाई ७ विकेटले हराएको थियो । भारतले पहिलो खेलमा दक्षिण अफ्रिकालाई ६ विकेट र अष्ट्रेलियालाई ३६ रनले हराएको थियो ।

प्रकाशित समय ११:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु