गृहपृष्ठ विश्वकप क्रिकेट : रुटको शतकमा इंग्ल्यान्डको जित

विश्वकप क्रिकेट : रुटको शतकमा इंग्ल्यान्डको जित

दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा घरेलु टोली इंग्ल्यान्डले वेस्ट इन्डिजमाथि महत्वपूर्ण जित निकालेको छ ।

शुक्रबार राति भएको खेलमा वेस्ट इन्डिजलाई ८ विकेटले हराउँदै जारी विश्वकपमा इंग्ल्यान्डले तेस्रो जित निकालेको हो । २ सय १३ रनको लक्ष्य इंग्ल्यान्डले ३३.१ ओभरमा २ विकेट क्षतिमा पूरा गर्यो । उसका लागि जो रुटले शतकीय पारी खेले । ९४ बल खेल्दै रुट सय रनमा अविजित रहे । बेन स्टोक्स १० रनमा अविजित रहे । क्रिस वोक्सले ४० रनको योगदान गरे । जोनी बेयरस्टोले ४५ रन जोडे । वेस्ट इन्डिजका लागि शैनन गेब्रियलले २ विकेट लिए ।

साउथह्याप्टनमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिज ४४.४ ओभरमा २ सय १२ रनमा समेटिएको थियो । मध्यक्रमका निकोलस पुरनले सर्वाधिक ६३ रनको योगदान गरे । ओपनर इभिन लुईस २ रनमा बोल्ड आउट भए ।

अर्का ओपनर क्रिस गेलले ३६ रनको योगदान दिए । विकेटकीपर शाई होप ११ रनमा एलवी डब्लू धरापमा परे । शिमरोन हिटमायर ३९ रन जोडे । कप्तान जोसन होल्डर ९ रनमा आउट भए । आन्द्रे रसेल २१ रनमा क्याच आउट भए । कार्लोस बर्थवेटले १४ रन बनाए । पुछारका तीन ब्याट्सम्यान ओशन थोमस, शिल्डन कर्टेल र शैनन ग्रब्रियलले खातै खोल्न सकेनन् ।

इंग्ल्यान्डका लागि जोफ्रा आर्चरले ३ विकेट लिए । त्यस्तै मार्क उडको नाममा पनि  ३ विकेट रह्यो । जो रुटले २, लियाम प्लन्केट र क्रिस वोक्सको नाममा १-१ विकेट रह्यो ।

जितसँगै इंग्ल्यान्ड ४ खेलमा ३ मा जित र १ मा हारका साथ ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । इंग्ल्यान्डले आगमी मंगलबार अफगानिस्तानसँग खेल्ने छ ।

प्रकाशित समय ०७:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु