गृहपृष्ठ लोकसेवाको विज्ञापन रोकिए सरकारविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी
लोकसेवाको विज्ञापन रोकिए सरकारविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी
फाइल तस्बिर
लोकसेवा तयारी विद्यार्थी संघर्ष समितिले लोकसेवाले हालै खुला गरेको विज्ञापन प्रक्रिया रोकेर राजनीतिक स्वार्थका लागि लाखौं विद्यार्थीको भविष्य बिगार्ने प्रयास भइरहेको बताएको छ । संघर्ष समितिले शनिबार पत्रकार सम्मेलन गरी विज्ञापन प्रक्रिया नरोक्न चेतावनी दिएको छ ।
स्थानीय निकायमा कर्मचारी भर्नाका लागि प्रकाशित विज्ञापन रोकिए लाखौँ युवा डिप्रेसनको सिकार हुने सो समितिका संयोजक मंगल थापाले बताए । ‘८७ हजार विद्यार्थीको भविष्यमाथि खेलवाड भए सरकारविरुद्ध कडा आन्दोलन हुन्छ,’ उनले भने, ‘राजनीतिक स्वार्थका लागि लाखौंको भविष्य बर्बाद पार्ने चलखेल विगतदेखि नै हुँदै आएकाले यसपटक पनि विज्ञापन रोकिए देशभरबाटै आन्दोलन सुरु गर्ने तयारी भइसकेको छ ।’
सहसंयोजक विजय लुइँटेलले करारमा कर्मचारी नियुक्ति गर्ने खेलमा रोक्न खोजिएको लोकसेवा विज्ञापनले देशमा दूरगामी असर पर्ने बताए ।
प्रकाशित समय १५:१८ बजे

















