गृहपृष्ठ काठमाडौंको ह्यात होटल तीन दिनदेखि बन्द
काठमाडौंको ह्यात होटल तीन दिनदेखि बन्द
मजदुर विवादका कारण पाँच तारे ह्यात होटल ३ दिनदेखि बन्द भएको छ । समयमा कार्यालय नआउने मजदुरलाई स्पष्टीकरण सोधेको विरोधमा मजदुर हड्तालमा उत्रिएपछि व्यवस्थापनले होटल नै बन्द गरिदिएको हो ।
कर्मचारी हड्तालमा उत्रिएपछि होटलका पाहुनासमेत अन्यत्र सिफ्ट गरिएको छ । मजदुरहरूले वार्ताको कुनै मौका नै नदिई हड्ताल गरेपछि बाध्य भएर होटल बन्द गर्नुपरेको व्यवस्थापनले जनाएको छ । मजदुर युनियनले भने व्यवस्थापनले हेपाहा प्रवृति देखाएकाले हड्तालमा उत्रिनुपरेको बताएको छ ।
प्रकाशित समय १९:५२ बजे

















